काठमाडौँ, १२ साउन । राष्ट्रपति डा रामवरण यादवले विभिन्न जिल्ला अदालतबाट २१ व्यक्तिलाई भुक्तान हुन बाँकी कैद, सजाय तथा जरिवाना माफी गर्नुभएको छ ।
भ्रष्टाचारको पूरानो मुद्दामा जेलमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले पनि माफी पाएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति यादवले पाण्डेसहित २१ जनाको सजाय तथा जरीवाना माफी गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका उपसचिव हरिप्रसाद दवाडीले आज विज्ञप्ति प्रकाशन गरी नेपालको अन्तरिम संविधान २०६३ को धारा १५१ अनुसार मन्त्रिपरिषद्को रिफारिसमा उक्त माफी गरिएको जानकारी दिनुभएको छ ।















प्रतिक्रिया