उदयपुर, ११ सउन । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ले क्रममा नेकपा माओवादीका ११ कार्यकर्तालाई प्रहरीले आज साँझ सदरमुकाम गाईघाटबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी केदारकुमार राईसहित रहेको पार्टी उदयपुरले जनाएको छ । केही दिनअघि आफ्नो पार्टीले गरेको नेपाल बन्दका क्रममा पक्राउ परेका कार्यकर्ता रिहा नभएपछि उनीहरु विरोधमा उत्रेका थिए । रासस















प्रतिक्रिया