८ कार्तिक २०८३, आइतबार

भारतीय ‘गुण्डा’ले नेपालमै आएर प्रहरीसहित चार नेपालीलाई कुटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

policeपर्सा, ११ साउन । ठोरीमा आज अपराह्न नेपाली र भारतीय जनताबीच झडप हुँदा एक सुरक्षाकर्मीसहित चार जना सर्वाधारण घाइते भएका छन् ।

नेपाल–भारत सीमामा रहेको ठुटे खोलाको कुलोको विषयमा दुवै पक्षबीच विवाद भई सीमा क्षेत्रमै झडप भएको पर्साका प्रजिअ केशवराज घिमिरेले जानकारी दिनुभयो ।

घाइतेमध्ये प्रहरी जवान नन्दुलाल चौधरीकोे अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । झगडा दुवैतर्फका सुरक्षकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

नेपालीले कुलो थुनेको भन्दै आइतबार भवानीपुरका भारतीयले भारतको जमुनियाबाट किनमेल गरेर घर फर्कँदै गरेका निर्मलबस्ती र ठोरीका चार नेपालीलाई कुटपिट गर्दै सामान खोसेपछि विवाद सुरु भएको थियो । रासस