८ कार्तिक २०८३, आइतबार

‘कुर्सी खोसिने डरले सत्ताधारी दल लिपुलेकका बारेमा बोल्न चाहेनन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lipulekhमहेन्द्रनगर ४ साउन । सत्ताधारीहरुले कुुर्सी खोसिने डरले लिपु लेकका विषयमा मुख खोल्न नचाहेका कारण नेपालको राष्ट्रियता दिनप्रतिदिन गुम्दै गएको एक कार्यक्रममा सहभागीहरुले निश्कर्ष निकालेका छन् ।

अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरले सोमबार महेन्द्रनगरमा आयोजना गरेको ‘लिपुलेक प्रकरण राष्ट्रिय स्वाधिनताको सवाल’ कार्यक्रममा सहभागीहरुले यस्तो निश्कर्ष निकालेका हुन् । उनीहरुले वर्तमान सत्ताधारीहरुले नेपालको भूमि गुम्दा समेत सत्ताको मोहका कारण नेपालको राष्ट्रियता बेच्न लागेको समेत आरोप लगाएका छन् ।

सत्ताका लोभले गर्दा उनीहरुले भारत-चीनलाई लिपु लेक सच्याउनका लागि एक प्रशन गर्न समेत नसकेको भन्दै राष्ट्रियताका लागि आम नागरिक जाग्नुको विकल्प नभएको बताएका छन् । सहभागीहरुले भारतले कालापानी कब्जा गरेका बेला मार्चपासमा सहभागी एमाले, भारत बिरुद्ध सुरुङ्गयुद्धको तयारी गरेको एमाओवादीले पनि यस्तो अति गम्भिर विषयमा नबोल्नु सत्तामोहको पराकाष्ठा भएको दावि गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष लोकेन्द्र लम्सालले सरकारले लिपु लेकका विषयमा बोल्न नचाहेका कारण लिपु लेक हेर्दा हेर्दै गुम्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘सत्ताधारीहरुले कुर्सी खोसिने डरले लिपु लेकका विषयमा मुख खोल्न चाहेनन् ।’ उनले भने । बर्तमान सरकारलाई राष्ट्रियता भन्दा पनि कुर्सीको मोह भएका कारण लिपु लेक दुई ठुला देशले कब्जा गरि नेपालमाथी अपमान गरेको उनको ठहर छ । नेपालका छिमेकी मुलले लिपु लेक सम्झौता गरेर नेपालको हित विपरित काम गरेको भन्दै उक्त सम्झौतमा पुनरावलोकन गर्नुपर्ने लम्सालले माग गर्नुभयो । महाकाली सिमा सरोकार समुहका अभियन्ता तथा पत्रकार विष्णू अवस्थीले सरकारले लाई दार्चुलाको भूमि भारतले मिच्दै गरेको विषय थाहा हुँदा हुँदै पनि उक्त क्षेत्रमा नेपाल सरकारले सुरक्षाकर्मी तैनाथ नगर्नु आफैले संकास्पद भएको बताए ।

महाकाली सन्धी गर्दा पार्टी फुटाउने व्यक्ति हाल गृहमन्त्री हुँदा समेत राष्ट्रियमा चुप लागेर बस्नुले सत्ता बचाउन राष्ट्रियता गुमाउन लागेको उनको आरोप छ । ‘राष्ट्रियताका लागि भारत बिरुद्ध सुरुङ्गयुद्धको तयारी गरेको माओवादीहरु कता हराए ?’ उनले भने । दलहरुले राष्ट्रवादका कुरा उठाएर सत्तामा जान भ¥याङ्ग बनाएको उनको विश्लेषण छ । ग्रेटर नेपालका क्षेत्रिय महासचिव गौरवराज जोशीले सत्ताधारीका कारण आज नेपाल विश्वसामु झुक्न बाध्य भएको बताउनुभयो ।