३० असार २०८३, मंगलबार

घरेलु मैदानमै भारतलाई हरायो नेपालले

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कार्तिक । भारतमा जारी ट्राई–नेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले घरेलु टोली भारतमाथि शानदार जित हात पारेको छ।

भारतको शिलङस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले २–१ गोल अन्तरले भारतलाई पराजित गरेको हो।

नेपालका लागि कप्तान सावित्रा भण्डारीले (साम्बा) निर्णायक गोल गरिन् । उनले खेलको दोस्रो र ६३औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन्। भारतले खेलको ८१औँ मिनेटमा एक गोल फर्काए पनि पराजित भयो ।

भारतका लागि करिश्मा पुरुषोत्तमले शान्त्वना गोल फर्काइन्।

मैत्रीपूर्ण खेलमा भारतले भने लगातार दोस्रो हार व्यहोरेको छ। नेपाल पहिलो खेलमा इरानसँग ३–० गोलअन्तरले पराजित भएको थियो।

त्रिकोणात्मक मैत्रीपूर्ण खेलपछि नेपाल र भारतबीच १३ गते मैत्रीपूर्ण खेल हुनेछ।