दमासकस, ११ साउन । सरकारको समर्थनमा रहेको सञ्चारमाध्यममा कार्यरत एक पत्रकारको पूर्वी दमासकसमा सोमबार जारी झडपमा गोली लागेर मृत्यु भएको समाचार छ ।
राज्यद्वारा सञ्चालित सञ्चारमाध्यम र मानवअधिकारवादी समूहले सो जानकारी दिएको छ । सिरियाली राज्यद्वारा सञ्चालित एक टेलिभिजन च्यानलका अनुसार ती पत्रकारको ठाएर अल आज्लानीको जाबार क्षेत्रमा भएको झडपमा मृत्यु भएको छ ।
जोबार अहिले पनि अल कायदासँग आवद्ध अल नुस्रा फ्रन्टका आतङ्ककारीहरुलगायत विद्रोही समूहको नियन्त्रण रहेको छ । सो सहर पुनः कब्जाको लागि सरकार समर्थक नागरिक सेना, राष्ट्रिय प्रतिरक्षा बल र लेबनानीज लडाकू समूह हेज्बोल्लाहरुदेखि घेरा लगाएर बसेका जनाइएको छ ।
आज्लानी अल वालत समाचारका पत्रकार लेखक पनि थिए । सो समाचार पत्रिका सरकार समर्थित भएको बताइएको छ । जोबारमा सोमबार बिहानबाट भीषण झडप सुरु भएको छ । यहाँ सरकारी पक्षबाट कम्तीमा २० वटा हवाई आक्रमण भएको पनि जनाइएको छ । रासस/एएफपी















प्रतिक्रिया