१५ असार २०८३, सोमबार

छठ पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

धनुषा, ८ कात्तिक । मिथिलाञ्चनको महान चाड चार दिवसयीय छठ पर्वअन्तर्गत आज शनिबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको छ ।

मधेस प्रदेश राजधानी जनकपुरधामस्थित विभिन्न ठाउँमा व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै जलासयमा नुहाएर चोखो पकवान ग्रहण गरी पवित्र नहाय खाय विधि गरेका सम्पन्न हुन् ।

यस विधिअन्तर्गत व्रतालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको व्रतालु क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी गीतादेवी साहले बताइन् ।

छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न गरेपश्चात् व्रतालुले सूर्योपासना गर्दै चार दिनसम्मको कठिन व्रत सुरु गर्ने प्रचलन छ ।

चार दिवसीय छठअन्तर्गत कठोर व्रतको पहिलो दिन आज नाहाय खाय, दोश्रो दिन आइतबार खरना, तेश्रो दिन सोमबार उस्ताउँदो सूर्य र अन्तिम दिन मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन छ ।

तराई मधेसवासीको मुख्य चाड छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी अन्तिम चरणमा रहेको स्थानीय पुनम झाले बताइन् । पोखरी र घाटको सरसफाइ, सजावट लगायत अन्य व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका उनले जानकारी दिइन् ।

यसैगरी, स्थानीय बजारमा छठका लागि केरा, नरिवल, नवैधलगायत आवश्यक पूजा सामग्री खरिदका लागि निकै भीडभाड बढेको छ ।