
काठमाडौं, ३ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीमाथि सातदोबाटोमा दुर्व्यवहार भएको छ ।
सोमबार आफ्नो घरतर्फ जाँदै गर्दा अधिकारीमाथि दुर्व्यवहार भएको बताइएको छ ।
आफूलाई जेनजी बताउने अपरिचित युवकले अधिकारीमाथि दुर्व्यवहार गरेका हुन् ।
अधिकारीले घटनाबारे प्रहरीलाई जानकारी गराएका छन् । सिसिटिभी फुटेज हेरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया