काठमाडौँ, ११ साउन । संविधान निर्माणलाई पहिलो प्राथमिकताम दिने की ? पार्टी विभाजन रोक्ने अभियानलाई पहिलो प्राथमिकता दिने भन्ने कुरामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोधारमा परेका छन् ।
संविधान जारी नहुँदासम्म पार्टी विभाजन नगर्ने सहमति यसअघि नै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराईबीच भएको थियो । तर, यी दुई नेताबीच भएको सहमतिले कुनै अर्थ राख्दोरहेनछ भन्ने कुरा हालै पुष्टी भएको छ ।
पोलिटब्यूरो सदस्य लोकेन्द्र विष्ट, हेमन्तप्रकाश ओली र केन्द्रीय सदस्य ध्रुव पराजुलीलेले पार्टी छोडेको सार्वजनिक घोषणा गरिसकेका छन् । तर, अध्यक्ष प्रचण्डसँग गम्भीर असहमति राख्दै आएका लेखराज भट्ट र गोपाल किराँतीले पार्टी छाडेको पुष्टि गरेका छैनन् । यी दुवै नेता यतिबेला पार्टीको सम्पर्कमा नहरेको एमाओवादी स्रोतले जनाएको छ ।
उता बाबुराम भने नयाँ पार्टी गठनको तयारीमा लागेको समाचार पनि आइरहेको छ । बाबुरामले नै प्रचण्डलाई एक्लो बनाउन केन्द्रीय नेताहरुलाई राजीनामा गराउन दबाब दिइरहेका छन् । राजीनामा दिएका नेता समेटेर नयाँ पार्टी खोल्ने मनस्थितीमा बाबुराम पुगेको स्रोतले बतायो । यद्यपी प्रचण्ड सच्चिएमा यस्तो नहुन सक्छ । तरुण साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया