१४ कार्तिक २०८३, शनिबार

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २ कात्तिक । पर्साको वीरगञ्ज महानगरपालिका–१ बजार छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको शनिबार साँझ दीपावलीको तयारीका क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार धनतेरसको दिन करिब साँझ ६ बजे पीयूष आफ्नै घरमा दीपावलीको झिलिमिलीका लागि झालर बत्ती जडान गरिरहेका थिए । सोही क्रममा उनलाई विद्युत् प्रवाह भई करेन्ट लाग्दा उनी अचेत अवस्थामा भुईँमा लडेका थिए ।

स्थानीयबासीले तत्काल उनलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लागेका थिए । अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।