१४ कार्तिक २०८३, शनिबार

धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १ कात्तिक । म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता भएका छन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा एक जना पथप्रदर्शक र एक जना जर्मनका पर्यटक शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका हुन् ।

जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पाको खोजी भइरहेको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिए । उनीहरुको आज सेभेन समिट ‘ट्रेकिङ’ कम्पनीले हेलिकप्टर परिचालन गरेर खोजी गरे पनि नभेटिएका प्रनाउ लामाले बताए ।