४ कार्तिक २०८३, बुधबार

खाडी जान हिँडेका २१ महिलाहरू दिल्लीका होटेलबाट यसरी पक्राउ परे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahilaकाठमाडौं, ११ साउन । दिल्ली विमानस्थल हुँदै खाडी मुलुकको दुबई लगायत सहरमा लैजान लागिएका २१ नेपाली युवतीलाई महिपालपुर क्षेत्रका होटलबाट छापा मारेर पक्राउ गरिएको छ ।

अनाधिकृत कागजातका भरमा गत सोमबार र मंगलबार दुबई उड्न लागेका ७ जना नेपाली युवतीले दिएको सूचनाका आधारमा थप २१ जनालाई शनिबार पक्राउ गरिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले पक्राउ गरिएका युवतीलाई तत्काल अध्यागमन थुनामा राखिएको र उनीहरुलाई दिल्लीस्थित नारी निकेतन केन्द्रको जिम्मा लगाइने जनाएको छ ।

पक्राउ पर्नेमा केहीको दुबईको टुरिस्ट भिसा रहेको र केहीको कामदार भिसा भएपनि श्रम स्टिकर नलगाइएकै अवस्थामा ‘सेटिङ’बाट बाहिर लैजान लागिएको स्रोतले जनाएको छ ।