१ कार्तिक २०८३, शनिबार

फेरि गयो ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indenesia-earthquakeजाकार्ता, १० साउन । इन्डोनेसियाली द्वीप जाभामा आइतबार ६.० रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । तर स्थानीय अधिकारीहरुका अनुसार सो भूकम्प पछाडि सुनामीको कुनै खतरा रहेको छैन ।

स्थानीय समयाअनुसार आइतबार अपराह्न २ः०५ मा सो भूकम्प गएको बताइएको छ । उक्त भूकम्पको केन्द्रविन्दु पूर्वी जाभा प्रान्तको क्राजान ताम्बाक्रेजो गाउँबाट ९३ किलोमिटर दक्षिणमा ५९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

इन्डोनेसियाको मौसम विज्ञान र भू–शास्त्र अध्ययन संस्थानका मोचामाद रियादीकाअनुसार यस भूकम्पछि मानवीय क्षति र सपत्तिको नोक्सानीको कुनै समाचार प्राप्त भएको छैन ।

सो भूकम्पको केन्द्रविन्दु समूद्र सतह भए तापनि सहरदेखि धेरै टाढा भएको सुनामीको चेतावनी भने दिइएको छैन ।

सो भूकम्पको कम्पन ५ सेकेण्डसम्म महसूस गरिएको पूर्वी जाभाका बङ्युवानगी सहरमा रहेका एएफपी एक सम्वाददाताले जानकारी दिएका छन । यसअघि जेठ महिनामा पनि इण्डोनेसियामा ५.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । रासस/एएफपी