१५ कार्तिक २०८३, आइतबार

एमालेको सचिवालय बैठक आज पनि बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्न लागेको हो ।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल हुनेछ ।

शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको एकतालाई सुदृढ गर्ने र पार्टी नेतृत्व पुस्तान्तरण गर्नुपर्ने विषयहरुमा छलफल भएको थियो ।

एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म बस्दैछ ।