१५ कार्तिक २०८३, आइतबार

एकैदिन ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेर दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ७५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।