३० आश्विन २०८३, शुक्रबार

उपाधि जित्न नेदरल्याण्ड र स्कटल्याण्ड आज भिड्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nether-landsकाठमाडौं, १० साउन । आयरल्याण्डमा जारी आइसीसी टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेदरल्याण्ड र स्कटल्याण्ड भिड्दै छन् ।

नेपाली समय अनुसार बेलुकी सात बजेदेखि सुरु हुने उपािध खेलमा स्कटल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो भने नेदरल्याण्ड २००८ मा आयरल्याण्डसँग संयुक्त रुपमा विजेता बनिसकेको छ ।

शनिबार राति भएको सेमिफाइनल भिडन्तमा साविकको विजेता आयरल्याण्डलाई ५ विकेटले हराउँदै नेदरल्याण्ड फाइनलमा प्रवेश गरेको थियो । पहिलो सेमिफाइनलमा स्कटल्याण्डले हङकङलाई ५ विकेटले पराजित गरी फाइनलमा पुगेको थियो ।

शनिवार सम्म खेलमा आयरल्याण्डले नेदरल्याण्डलाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङमा नेदरल्याण्डले १८ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेदरल्याण्डका बेन कुपरले ४३ र पिटर ब्रोनले नटआउट ३६ रनको योगदान दिए । आयरल्याण्डका केभिन ओ ब्रायनले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । आयरल्याण्डका केभिन ओ’ब्रायनले ३३ र एन्डी बालब्रिनीले ३१ रनको योगदान दिए ।

नेदरल्याण्डका भुखारीले चार तथा टिम भान डेर गोग्टन र पलर भान मिकेरेनले २-२ विकेट लिए ।