१५ कार्तिक २०८३, आइतबार

पूर्वप्रधानमन्त्री र नेताहरूविरुद्धको जाहेरी अस्वीकार

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । सुदन गुरुङको नेतृत्वमा रहेको जेनजी समूहले पूर्वप्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूलाई पक्राउ गर्न माग गर्दै दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको छ ।

मंगलबार जिल्ला प्रहरी परिसरकाठमाडौंले प्रधानमन्त्रीबाट लिखित जवाफ नआएसम्म जाहेरी दर्ता गर्न नसकिने भन्दै समूहलाई फर्काएको हो ।

परिसरबाट बाहिरिने क्रममा समूहका युवा ओजस्वी थापाले भोलि र पर्सि गर्ने भनिएको जेनजी आन्दोलनमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारे ।

हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दिएको भन्दै उनले अब फेरि त्यो रक्तपात आफूहरुले नचाहेकोले आन्दोलनमा आफूहरुको सहभागीतालाई लिएर भ्रममा नपर्न आग्रह गरे ।

उनले भने, ‘अक्टोबर ८-९ मा हामीले कुनैपनि तरिकाले बाढोमा उत्रेर आन्दोलन गर्ने कुनै योजना छैन् । हाम्रो देशलाई रक्तपात पुगिसकेको छ । हामीलाई रक्तपात चाहिएको छैन् । हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दियो । धेरै वर्षपछि सबै नेपालीहरु एउटै झण्डामुनि साझा हिसाबले बस्न पाएका छन् । भ्रम छर्ने काम गरिरहेका छन् । भोली या पर्सि हाम्रो कुनै किसिमको कार्यक्रम छैन् ।’

त्यस्तै, उनले देशमा सुशासन कायम नभएसम्म कानुन र सरकारलाई आफ्नो हिसाबले काम गर्न दिएर आनन्दले घरमा बस्न सबैलाई अपिल गरे ।

‘जबसम्म देशमा सुशासन कायम हुँदैन् । देशको भविष्य बन्दैन् तबसम्म आग्रह घरमा आनन्दले बस्नुहोस् । कानुन र सरकारलाई आफ्नो हिसाबले काम गर्न दिनुहोस्,’ उनले भने ।