११ श्रावण २०८३, सोमबार

सर्लाहीमा खोलाले बगाएर एक युवकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २१ असोज । सर्लाहीमा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । जिल्लाको मलङ्गवा नगरपालिका–५, भाडसरमा लखन्देही खोलाले बगाउँदा एक युवकको मृत्यु भएको हो ।

मंगलबार मध्यान्ह नुहाउने क्रममा खोलाले बगाउँदा भाडसरका १८ वर्षीय ओम ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार ठाकुर तीन साथीसहित खोलामा नुहाउन गएका थिए । तीमध्ये अन्य तीन जना पौडिएर सकुशल बाहिर निस्कन सफल भए पनि ठाकुर बगेर बेपत्ता भएका थिए ।

स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलले खोजी गर्ने क्रममा करिब दुई घण्टापछि ठाकुरलाई मृत अवस्थामा फेला पारिएको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार अन्य तीन युवाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू घर फर्किसकेका छन् ।