४ कार्तिक २०८३, बुधबार

कोरियामा नेपाली कामदारको यस्तो विजोग, काम गरेको ज्याला पनि पाएनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

korea-eps-bhasaकाठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरेर फर्केका नेपाली कामदारहरुले कम्पनीले अतिरिक्त समय काम गरे पनि त्यसबापत तलबभत्ता नपाएको बताएका छन्।
इपिएसमार्फत कोरिया गएर काम गरी फर्केका कामदारलाई वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले गरेको सर्वेक्षणमा अधिकांश कामदारले कृषि क्षेत्रमा ओभर टाइम (ओटी) गरेपनि कम्पनीले त्यसको तलब नदिएको बताएका हुन्।
शाखाले कोरिया गएर सममअवधि पुरा गरी नेपाल फर्केका ७० जना कामदारसँग दुई प्रश्न गरी सर्वेक्षण गरेको थियो। कोरियामा नेपाली कामदारको मुख्य समस्या के हो र समाधानका उपाय के हुन्? र कोरियामा नेपाली कामदारको कोटा बढाउन के गर्नुपर्ला? भन्ने प्रश्न गरेको थियो।पहिलो प्रश्नमा कामदारहरुले कोरियामा कृषि क्षेत्रमा भएका कामदारले ओभर टाइमको तलब नपाउने, भाषा समस्या, कोरियनहरुको रुखो व्यवहार भएको र अपमानित गर्ने गरेको बताएका थिए। दोस्रो प्रश्नको उत्तरमा कोटा बढाउने उपाय अनुशासन, इमान्दारिता र समयप्रति प्रतिबद्धता भएको जवाफ दिएका थिए। त्यस्तै गैरकानुनी कामदारको न्यूनीकरण गर्न सिप र दक्षता बढाउनुपर्ने सुझाएका थिए।

शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले कोरियामा काम गरेर फर्केका कामदारलाई कोरियाको समस्या र अवसरको बारेमा सोधिएको बताए। समयअवधि पुरा गरेर फर्केका कामदार पुनः कोरिया जान पाउँछन्, अहिले पुनः जान लागेका कामदारलाई नै प्रश्न गरिएको बताए। यसखाले सर्वेक्षणले कोरियाको वास्तविकता थाहा हुने र कोरियासँग कामदारको समस्या राखिने बताए।

इपिएसमार्फत कोरिया पुगेर वैधानिक रुपमा बसी स्वदेश फर्केका कामदारका लागि कोरियाले कम्प्युटरमा आधारित परिक्षा (सिबिटी) लिने गर्छ।

सिबिटी परिक्षामा उतिर्ण कामदारको लागत इपिएस परिक्षामा उर्तिण कामदारको भन्दा न्यून हुने गर्छ। इमान्दार र मिहिनेती हुने हुनाले नेपाली कामदारको माग कोरियामा बढ्दो छ। वैधानिक भएर बस्ने कामदारका लागि कोरियामा अवसर आइरहने शाखाले जनाएको छ ।नागरिक दैनिकमा समाचार छ ।