एजेन्सी । पश्चिमी दिल्लीको बेगमपुर इलाकामा एक बुहारीले आफ्नै ससुराको मुखमा कपडाले बाँधेर यस्तो हर्कत गरेकी छिन् कि त्यो कसैले सोच्न सक्दैन् ।
बुहारीको आफ्ना प्रेमीका लागि ससुराको मुखमा कपडा बाँधेर मृत्युको चितामा पु¥याएकी छिन् । परिवारजनका अनुसार घरबाट लाखौं रुपैयाँ र महत्वपूर्ण कागजात पनि हराएका छन् । पुलिसले हत्या घटनाको उजुरी दर्ता गरी छानविन सुरु गरेको छ ।
पुलिसका अनुसार ६३ वर्षीय तेजपाल परिवारसँग बेगमपुर इलाकामा बस्थे । परिवारमा श्रीमतीका साथै छोरा पवन, बुहारी पूजा, नातिनी लावान्या थिए । तेजपालकी पत्नी लामो समयदेखि विरामी थिईन् ।
मंगलवार साँझ उनका छोरा पवन र छोरी पूनमलाई पूजाले फोन गरेर भनेकी थिईन कि उनले आफ्नै ससुराको हत्या गरेकी छिन् । त्यसपछि जब पूनम घरबाट आफ्ना पतिसँग माइतीघर आईन, तब उनले एक कोठामा बुबाको मरेको शव देखिन् । उनको मुखमा कपड़ा बाधिएको थियो र शरीरमा कुनै धरिलो हतियार प्रहार गरिएको थियो ।
हत्यापछि आरोपी पूजा फरार छिन् । परिवारका सदस्यले घटनाको सूचना राति १० बजे पुलिसलाई दिएका थिए । पुलिसले मृतकको पोस्टमार्टम गरिसकेपछि शव परिवारको जिम्मा लगाएको थियो ।
पुलिसले मृतकका परिवारको बयानका आधारमा डा. गौरवलाई हिरासतमा राखेको थियो । सोधपुछपछि पुलिसले उनलाई छाडिदिएका छन् । आरोप अनुसार बुहारी पूजाको सम्बन्ध डा. गौरवसँग थियो । पवन र पूजाको २०११मा विवाह भएको थियो । उनकी तीन वर्षकी छोरी छन् । केही समयदेखि पवन र पूजाबीच मनमुटाव हुँदै आएको थियो ।















प्रतिक्रिया