८ कार्तिक २०८३, आइतबार

मोरङमा स्थानीयबासीले गरे यातयात बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band-yatatमोरङ, ९ साउन । बिभिन्न माग राख्दै मोरङको इटहराबासीले आज बिहानैदेखी उर्लाबारी – बरडंगा सडक खण्ड बन्द गराएका छन् ।

भाडादर घटाउनुपर्ने, इटहराबाट उर्लाबारीसम्म ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने, सिण्डिकेटको खारेजी, यात्रुमाथि दुव्र्यवहार गर्नेलाई कारबाही हुनुपर्ने लगायका माग राख्दै स्थायीबासीले बिहानैदेखी सो सडक खण्डको इटहरा बजारमा यातयात बन्द गराएका हु्न् ।

यसअघि बिहिबार इटहरी प्रहरी चौकीमा यातयात संघ र स्थायनीबासी बीच बार्ता भएपनि सहमतिमा पुग्न नसकेपछी आजदेखी यातयात बन्द गराएको इटहरा एकता क्लबका अधयक्ष डम्बर तामाङले जानकारी दिनुभयो । यातयात बन्दका कारण सो क्षेत्रका सयौ यात्रु अलपत्र परेका छन् ।