२० असार २०८३, शनिबार

जेन-जी आन्दोलनमा काठमाडौंबाट लुटिएको हतियारसहित कैलालीबाट चारजना पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ८ असोज । जेन-जी आन्दोलनका लुटिएको हतियारसहित कैलालीबाट चारजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट लुटिएको हतियार सहित ४ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–१ का २२ वर्षीय हिमाल आचार्य, १९ वर्षीय समिर खड्का, आभाष चन्द र गौरीगंगा–३ का २० वर्षीय जिबेश सापकोटा रहेका छन् ।

उनीहरूको साथबाट टाइप–५४ पेस्तोल १ थान, रिभल्वर १ थान र २८ राउन्ड गोली पनि बरामद भएको छ ।