१ कार्तिक २०८३, शनिबार

युलेन्स फाउन्डेसनको प्रष्टोक्ति– युलेन्स स्कुलमा आरजुको कुनै पनि लगानी छैन

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । युलेन्स एजुकेसन फाउन्डेसनले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त बनाइएको फाउन्डेसनद्वारा सञ्चालित विद्यालय र कलेजमा काँग्रेस नेतृ आरजु राणा देउवाको कुनै लगानी नरहेको प्रष्ट पारेको छ ।

आन्दोलनका क्रममा खुमलटारस्थित विद्यालयका ५ वटा भवन, बाँसबारीका ३ भवन र काभ्रे–नालास्थित आउटडोर लर्निङ सेन्टरमा तोडफोड र आगजनी गरिएको थियो ।

आगजनीमा विद्यार्थीहरूको पुस्तकदेखि स्टेसनरीसम्म जलाइएका छन् भने ८३ वटा बससहित विद्यालयका एसी, कम्प्युटर, स्मार्ट बोर्ड, फर्निचरहरू नष्ट भएका छन्। यसबाट करिब १ अर्ब २५ करोड बराबरको क्षति भएको बताइन्छ।

युलेन्स स्कुलमा आरजुको लगानी रहेको भन्दै नाम जोडिने गरेको छ । तर फाउन्डेसनले आरजुको विद्यालयमा कुनै लगानी नरहेको स्पष्ट पार्दै उनी केवल मानार्थ अध्यक्ष रहेको जनाएको हो ।

‘युलेन्स नाफा वितरण नगर्ने कम्पनी हो, कुनै व्यक्तिको स्वामित्व छैन,’ विज्ञप्तिमा भनिएको छ। फाउन्डेसनले पुनर्निर्माणपछि पनि सुरक्षाको ग्यारेन्टी कसरी पाउने भन्ने चिन्ता व्यक्त गरेको छ।