काठमाडौं, ९ साउन । नेपालमा ४६ सालको राजनीतिक परिवर्तनपछिको २४ वर्षमा २१ जना प्रधानमन्त्री भएका छन् ।
२४ वर्ष छोटो अवधिमा २१ जना प्रधानमन्त्री हुँदा पाँच वर्षे कार्यकाल कुनै पनि प्रधानमन्त्रीले पूरा गर्न सकेनन् ।
जुन संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रमुखको दर्दनाक इतिहास पनि हो ।
यसबीचमा प्रधानमन्त्री चुन्न १७ पटकसम्म संसदमा चुनाव भए पनि चुनिन नसकेको इतिहास रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
संसदीय व्यवस्थामा बहुमतकै सरकार पनि ५ वर्षसम्म नचलेको विडम्बना पनि नेपालको छ ।
नेपालमा २०४६ को परिवर्तनपछि २०४८ सालमा भएको आमनिर्वाचिनपछि गिरिजाप्रसाद कोइराला २०५ सिटमा ११० सिट जित्दै बहुमतका प्रधानमन्त्री भए तर, उनको कार्यकाल २ वर्ष २ महिनाभन्दा बढी टिक्न सकेन ।
त्यसपछि ९ महिना मनमोहन अधिकारी, १ वर्ष ६ महिना शेरबहादुर देउवा, ७ महिना लोकेन्द्र बहादर चन्द, ६ महिना सूर्यबहादुर थापा, ९ महिना गिरिजाप्रसाद कोइराला, ५ महिना गिरिजाप्रसाद कोइराला, १० महिना कृष्णप्रसाद भट्टराई, १५ महिना गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए ।
१४ महिना शेरबहादुर देउवा, ८ महिना पुनः लोकेन्दबहादुर चन्द, १२ महिना सूर्यबहादुर थापा, ७ महिना शेरबहादुर देउवा, १४ महिना ज्ञानेन्द्र शाह, २ वर्ष ५ महिना गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने ।
संविधानसभा निवाचनपछि ९ महिना पुष्पकमल प्रचण्ड, १२ महिना माधवकुमार नेपाल, ७ महिना झलनथा खनाल, १८ महिना बाबुराम भट्टराई, ११ महिना खिलराज रेग्मी र १८ महिनादेखि सुशील कोइराला प्रधानमन्त्रीमा कायम छन् ।















प्रतिक्रिया