काठमाडौं, ६ असोज । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ। भोटेकोसी गाउँपालिका–२ को कोदारी र इर्कुसहित पाँच स्थानमा खसेको पहिरो हटाएपछि आवागमन सुचारु भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले स्थलगत अनुगमन गर्दै सडक सञ्चालनबारे जानकारी लिएका छन्।
अनुगमनका क्रममा मन्त्री घिसिङले सडक विभागलाई कोदारी सडक दुई दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए। तर विभागले कम्तीमा सात दिन लाग्ने जवाफ दिएको छ।
स्थानीयवासीसँगको छलफलमा बस्तीको जोखिम न्यूनीकरण, सडकलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउने प्राविधिक कार्य र सुरक्षासम्बन्धी विषयमा समेत छलफल भएको छ।
चाडपर्वको मुखमा सडक बन्द भएपछि सामानसहितका सयौँ कन्टेनर नाकामा रोकिएका थिए। सडक सञ्चालनमा आएपछि ती कन्टेनरहरूको आवत–जावत सुरु भएको छ।








प्रतिक्रिया