धनुषा, ८ साउन । धनुषामा एक ८ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।
केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले दिएको जानकारी अनुसार तुलसी–९ बस्ने ८ वर्षीया बालिकालाई सोही ठाउँस्थित मकैबारीमा लगेर ६२ वर्षीय कृष्णबहादुर सार्कीले बलात्कार गरेका हुन् ।
उनले नातिनी भन्दै चकलेट दिई फकाएर बालिकालाई मकैबारीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बलात्कारको अभियोगमा सार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया