८ कार्तिक २०८३, आइतबार

‘भाग्यले बाँचेकाहरु’ को पहिलो शो शनिबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Documentary-BHAGYALE-BAACHEKAHARU-Miracle-Survivals-in-Nepal-Earthquake

काठमाडौँ, ८ साउन । गत बैशाख १२ को भूकम्पले धराहरा ढाल्यो, घरहरु ढल्यो । ढलेको घरले १० हजारभन्दा बढी मानिसलाई निल्यो । तर, कतिपय भने मर्दा मर्दै बाँचे । या भनौ भाग्यले बाँचे । बरु शरीरका केहीँ अंग गुमाए ।

त्यस्तै भाग्यले बाँचेकाहरुको कथा समेटेर एउटा डकुमेन्ट्री बनेको छ, ‘भाग्यले बाँचेकाहरु’ । उक्त डकुमेन्ट्रीको शनिवार राजधानीमा विषेश प्रदर्शन हुने भएको छ । नेपाल पर्यटन बोर्डको हलमा दिनको एक वजे उक्त डकुमेन्ट्री प्रदर्शन हुने भएको हो ।

धराहरा ढलेकोदेखि कथादेखि ढलेकै घरमा छ दिनसम्म किचिँदासम्म बाँचेकाहरुसम्मको कथा समेटिएको उक्त डकुमेन्ट्री हेर्न नेपालका विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहनेछ । उक्त कार्यक्रममा राष्ट्रकवि माधवकुमार घिमिरेदेखि, राजनीति क्षेत्रका र चलचित्र क्षेत्रका विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहने डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेले बताए ।

उक्त कार्यक्रममा भूकम्पमा परि हातखुट्टा र आफन्त गुमाएका डकुमेन्ट्रीका पात्रहरुलाई सहयोग गर्ने कार्यक्रम रहेको पनि निर्देशक पाण्डेले बताए ।

५५ मिनेट लामो डकुमेन्ट्रीको लागि एक हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । डकुमेन्ट्री ऐतिहासिक र उत्कृष्ट भएकाले सबैले उक्त बिशेष प्रदर्शनमा आउन पाण्डेले आग्रह गरेका छन् ।

डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि भूकम्पमा परेर पनि आश्चर्यजनक ढंगले नयाँ जीवन पाएका ७ पात्रको कहानीलाई समेटिएको छ ।

पाँच तले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्धार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्धार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा डकुमेन्ट्रीमा समेटिएको छ । आफ्नै घर ढलेर आमाबाबुको बिचल्ली हुँदा समेत सोनिसको उद्धारमा खटिएका सिपाही केसी र उनको परिवारका मर्म पनि डकुमेन्ट्रीमा सुन्न पाइनेछ ।

शारदा गैरेले निर्माण गरेको उक्त डकुमेन्ट्रीमा बिनोद विष्टको छायाँकन, कुमार शाहको सम्पादन, दीपक कोइरालाको लेखन र विकास कोइरालाको अवाज रहेको छ । उक्त डकुमेन्ट्रीलाई विकास बस्नेतले अंग्रेजी अनुवाद गरेका छन् । साइन मिडिया प्रालिको प्रस्तुति रहेको डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत भरेका छन् भने सम्राट मुभिजले पोष्ट प्रडक्सन गरेका छन् ।

विशेष प्रदर्शनलगत्तै देश तथा विदेशमा प्रदर्शन गर्ने कार्यक्रम रहेको पनि निर्देशक पाण्डेले बताए ।