काठमाडौं, ८ साउन । सेक्युरीटी गार्डमा युगाण्डा पठाई दिन्छु भन्दै लाखौं ठगी गर्ने गिरोहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दी ठुलाचौरका उदयबहादुर भण्डारीलाई युगाण्डामा सेक्युरीटी गार्डमा १२ सय डलर प्रति महिना कमाई हुन्छ भनि प्रलोभन देखाई ३ लाख २५ हजार लिएर ठगी गर्ने काठमाडौं बौद्ध बस्ने गेम प्रसाद रोक्कालाई महानगरीइ प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
रोक्काले भण्डारीलाई युगाण्डा लैजाने भन्दै भारतको दिल्लीमा पु¥याएर २० दिन होटलमा राखी अलपत्र पारी भागी फरार भएका थिए ।
महाशाखाले रोक्कालाई ठगी मुद्दामा थप अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौमा पठाएको छ ।















प्रतिक्रिया