८ कार्तिक २०८३, आइतबार

विप्लव माओवादीका कार्यकर्ताले काठमाडौंमा ट्याक्सीसहित ड्राइभरलाई जलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taxi-fireकाठमाडौँ, ८ साउन । अज्ञात समूहले आज अपराह्न काठमाडौँ नयाँबजारस्थित धारा गल्ली चोकमा भाडाको एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।

आगलागीबाट ट्याक्सी पूर्णरुपमा क्षति भएको छ । सोह्रखुट्टेबाट बालाजुतर्फ गइरहेको बा१ज २३०१ नं को ट्याक्सी तीन÷चार जनाको समूहले रोकी आगजनी गरेका हुन् । आगजनीबाट ३३ वर्षीय चालक राकेश तामाङको कपालको केही भागसमेत जलेको छ ।

तीन÷चार जनाको समूह धारा गल्लीबाट बाहिर निस्की ट्याक्सी रोक्न लगाएको र ढोका खोली केही सामान राखेको जस्तो लागेको थियो एक्कासी आगलागी भयो र आफू हत्तपत्त बाहिर भागेको ट्याक्सी चालक राकेशले बताउनुभयो ।

ट्याक्सीमा आगजनी गरेपछि सो समूह सोही ठाउँतर्फ भागेको चालक तामाङले बताउनुभयो । काठमाडौँ जुद्ध वारुण यन्त्रको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । रासस