चितवन, ३ असोज । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड बन्द भएको छ ।
साँझ ठूलो पहिरो खस्दा सडक पूर्णरूपमा बन्द भएको हो । पहिरो ठूलो भएकाले राति पन्छाउन सम्भव नभएको प्रहरीले जानकारी दिएको छ ।
सडकखण्ड अवरूद्व भएसँगै यात्रुहरू बिच बाटोमै अलपत्र परेका हुन् ।
शनिबार बिहान ४ बजेपछि मात्रै पहिरो पन्छाउने कार्य थालिनेछ । प्रहरीले माइकिङ गरेर यथास्थानमा सुरक्षित बस्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरेका छन् ।















प्रतिक्रिया