८ कार्तिक २०८३, आइतबार

चन्दको बन्दले जनतालाई सास्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bajar

– सुदीप अधिकारी
बर्दिया, ८ साउन । नेत्र बिक्रम चन्द समूहको नेकपा माओवादीले गरेको बन्दले बर्दियाको जनजीवन पनि प्रभावित भएको छ ।

बन्दका कारण सदरमुकाम गुलरिया, भुरिगाउँ, सानोश्री, बासगढी, राजापुर लगाएतका बजार बन्द भएका छन् । राजमार्गमा छिटफुटमा मोटरसाइकल चले पनि ठूला सवारी साधान चलेका छैनन् । सवारीसाधन नचल्दा सर्बसाधारणलाई सास्ती भएको छ ।

बन्दकर्ताको सडकमा उपस्थिती भने कम देखिएको छ । बन्दकर्ताले बिहीबार साझ माइकिग गरी बन्दको आह्वान गरेका थिए । बन्दकर्ताले विहान सरकारी कार्यालय बन्द गराउँदै हिडेका थिए । कार्यालय बन्द गराउदै हिड्ने एक जना कार्यकर्तालाई प्रहरीले नियन्त्रण लिएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।

बन्दमा कुनै अप्रीय घटना नभएको प्रहरीले बताएको छ । बन्दका बेला कुनै घटना हुनसक्ने भन्दै राजमार्ग र बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको थियो ।