८ कार्तिक २०८३, आइतबार

विषालु च्याउ खाँदा पाँच बिरामी, दुई गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chyauरुकुम, ८ साउन । विषालु च्याउ खाँदा मुसिकोट नगरपालिकामा पाँचजना बिरामी भएका छन् ।

आज बिहान तरकारीका रुपमा च्याउ खाएका छिवाङ–४ की २४ वर्षीया विनिता पुन, तिनकी छोरी तीन वर्षीया सलिना बुढा, विनिताका भाइ १९ वर्षीय दीपक पुन, चार वर्षीय बालक सुजन बुढा र १८ वर्षीया गीता थापा बिरामी भएका हुन् ।

बिरामीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि गीताबाहेक चारजनालाई एम्बुलेन्सबाट भेरी अस्पताल नेपालगन्ज पठाइएको छ । रासस