८ कार्तिक २०८३, आइतबार

विप्लव माओवादीको बन्दमा २१ सवारीमा तोडफोड र आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

busकाठमाडौं, ८ साउन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओबादीले शुक्रवार आव्हान गरेको नेपाल बन्दको क्रममा नेपालभर २१ वटा सवारी साधनमाथि तोडफोड तथा आगजनी गरिएको छ ।

तोडफोडमा संलग्न १ सय ९७ जना पुरुष र ५ जना महिलालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ४ जनालाई भने छानविन पश्चात रिहा गरेको प्रहरीले जनाएको छ ।

taxi-fireबन्दकर्ताले काठमाडौँमा ६ वटा, ललितपुरमा तीनवटा, चितवनमा दुई वटा, काभ्रेमा एक वटा, धादिङमा दुई वटा, हेटौडा र रुपन्देहीमा एक एक वटा, बाँकेमा दुई वटा, नेपालगञ्ज वसर्पामा दुई वटा, कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक वटा सवारी साधनमा तोडफोड तथा आगजनी गरेका हुन् ।

बन्दकर्ताले बालाजुमा ना.३ ख ४४३५ नम्वरको डिडिसि दुधको गाडीमा आगजानी गरेका थिए भने, नेपालगंज उपमहानगरपालिका–१९ स्थित स्नेह होटल अगाडी सिमान्त ईन्टर कलेजको युपि ४० टि ०७६३ नम्वरको म्याजिक भ्यान बिद्यार्थी लिन आउने क्रममा आगजानी गरेका थिए ।