– शिबलाल सुबेदी
गुल्मी ८ साउन । गुल्मीको पिपलधारा गाविसमा काका भतिजी मृत अवस्थामा फेला परेका छन । पिलधारा गाविस ८ निवासी ४० बर्षिय बेल बहादुर मुखिया र १६ बर्षिय सीता मुखिया घर नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।
सीता रुखमा झुण्डिएको अवस्थामा र बेल बहादुर भुईमा लडेको अवस्थामा शुक्रवार बिहान फेला परेका हुन । घटना स्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामप्रसाद पौड्यालले घटनाको प्रकृति हेर्दा शकांस्पद रहेको बताउनुभयो । के कारणले यस्तो अवस्थामा मृत फेला परे भन्ने कुरा अहिले हामीले भन्न मिल्दैन् र स्थानीयले पनि केहि भन्न चाहेका छैनन् प्रहरी निरीक्षक पौडेलले भन्नुभयो ‘उक्त रुखको करिब तिन ३ मिटर तल वेलबहादुर र रुखमा सीता झुण्डीएको अवस्थामा भेटिएका छन घटनाको बारेमा अनुसन्धान भैरहेको छ ।’
प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले घटना शकांस्पद रहेकाले मृतको दाई, आमा र भाई बुहारीलाई छानविनका लागि जिल्ला प्रहरी कार्यलय गुल्मीमा ल्याएको समेत प्रहरीले जनाएको छ । दुईवटै शवहरुलाई पनि प्रहरीले पोष्टर्माटमका लागि जिल्ला अस्पताल तम्घासमा ल्याएको छ ।
यता जिल्ला प्रहरी कार्यलय गुल्मीको तथ्याङक अनुसार केही बर्षयता गुल्मीमा आत्महत्या गर्नेहरुको सख्यामा बृद्धि भैरहेको छ । गत आर्थिक वर्ष २०७१/०७२ को असार मशान्त सम्म गुल्मीमा ४७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको विवरणले देखाएको छ । यसमा पनि बढि पुरुषहरु रहेका छन ।
जिल्लामा यस बर्ष एक वालक सहित २७ जना पुरुषहरुले आत्महत्या गरेका छन । यसरी ४७ जनामा १५ जना दलित रहेका छन् भने १३ जना क्षेत्री, ३ जना व्राम्हण र ३ जना जनजाती र बाँकी अन्य रहेका छन् । आत्महत्या गर्नेहरुमा बढि मात्रमा युवा उमेरका रहेको समेत प्रहरी तथ्याङकमा देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा यस बर्ष आत्महत्या गर्नेहरको संख्या दश जनाले बढि रहेको छ ।















प्रतिक्रिया