८ कार्तिक २०८३, आइतबार

विप्लव माओवादीद्धारा काठमाडौंको नयाँ बजारमा ट्याक्सीमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taxi-fire
तस्वीरः कविन्द्र भट्टबाट ।

काठमाडौं, ८ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले शुक्रबार दिउँसो काठमाडौंमा ट्याक्सी जलाएका छन् ।

पार्टीले आव्हान गरेको बन्द उल्लंघन गरेको भन्दै विप्लव माओवादीका कार्यकर्ताले काठमाडौंको नयाँ बजारमा रोकिराखेको ट्याक्सीमा आगजनी गरेका हुन् ।

नयाँबजारको धारा गल्लीमा बा १ ज २३०१ नम्बरको ट्याक्सीमा बन्दकर्ताले शुक्रबार दिउँसो आगजनी गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार २/३ जनाको समूहमा आएका बन्दकर्ताहरुले पेट्रोल छर्किएर ट्याक्सीमा लागो लगाएका थिए । आगो लगाउने बन्दकर्ताहरुको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।