३० आश्विन २०८३, शुक्रबार

विश्व वरियतामा कप्तान पारस खड्का ८ स्थान तल, बसन्त रेग्मी २० स्थानमाथि उक्लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali_cricket_team_Paras_Khadka_CAN_Nepalकाठमाडौं, ८ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का आइसीसी ट्वान्टी-२० ब्याट्सम्यानको वरीयतामा ८ स्थान तल झरेका छन् ।

आयल्याण्डमा सम्पन्न टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेसँगै पारस ब्याट्सम्यानको वरीयतामा ८ स्थान तल झरेका हुन् । ८ स्थान तल झरेका पारस ६४ औंबाट ७२ औं स्थानमा पुगेका छन् । बलरतर्फमा भने पारस ९१ औं स्थानमा छन् । टी–ट्वान्टी छनोट अन्तर्गतका ६ खेल खेलेका पारसले जम्मा ४८ रन मात्रै बनाएका थिए ।

यस्तै, बलिङमा उत्कृष्ठ प्रदर्शन गरेका नेपाली टिमका भरपर्दा बलर बसन्त रेग्मी २० स्थानमाथि उक्लिएका छन् । बलिङतर्फ २० स्थान माथि उक्लँदै बसन्त ६३औं स्थानमा पुगेका छन् । यसअघि उनी ८३ औं स्थानमा थिए । टी–ट्वान्टी छनोट अन्तर्गतका ६ खेल खेलेका वसन्तले ८ विकेट लिएका थिए ।

basant-regmi

यस्तै, नेपाली टिमका चार खेलाडीले यसवर्ष बलरतर्फको वरीयतामा प्रवेश गरेका छन् । ब्याटिङमा भने नेपाली खेलाडी बरियताबाट बाहिरिएर सयभन्दा तल पुगेका छन् । नेपाली टिमका व्याट्सम्यान शरद भेष्वाकर ब्याट्सम्यानको वरीयतामा चार स्थान माथि उक्लेका छन् । यसअघि ८१ औं स्थानमा रहेका उनी पछिल्लो वरियतामा ७७ औं स्थानमा उक्लेका हुन् ।

यस्तै, नेपाली टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल आइसिसी ट्वान्टी–२० खेल्ने राष्ट्रका ब्याट्सम्यानको वरीयताबाटै बाहिरिएका छन् । यसअघि उनको ८६ औं स्थान थियो । अहिले उनी सय खेलाडीभित्र पर्न नसकेका हुन् । बलरतर्फ शक्ति गौचन ७४ औं, सोमपाल कामी ७९ औं र सागर पुन पारससँगै ९१औं स्थानमा छन् ।

नेपालका अन्य व्याट्सम्यान पनि सयभित्र पर्न सकेका छैनन् । बलिङमा खेलाडी खासै उक्लिन सकेनन् ।