१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कार्कीले टुङ्गो लगाइन् तीन मन्त्रीको नाम, को-को छन् ?

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुने तीन मन्त्रीको नाम टुङ्गो लगाएकी छिन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, राष्ट्रपति कार्यालयमा पठाइएको सूचीमा अर्थ मन्त्रालयमा रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयमा कुलमान घिसिङ, र कानुन तथा गृह मन्त्रालयमा ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको हो । उनीहरूको भोलि सोमबार शपथ हुनेछ ।

खनाल भूतपूर्व अर्थसचिव हुन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका भूतपूर्व कार्यकारी निर्देशक हुन् । अर्यालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकारका रूपमा काम गरिसकेका छन्।

प्रधानमन्त्री कार्कीले कार्यभार सम्हालेलगत्तै गरेको सम्बोधनमा ‘जेन जी’ पुस्ताको चाहनाअनुसार काम गर्ने अठोट व्यक्त गरेकी थिइन्।