४ कार्तिक २०८३, बुधबार

सरकारी बजेटबाट ‘निजी पुल’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhading_bridgeधादिङबेसी, ८ साउन । विकास निर्माणका योजना राजनीतिक दलका हर्ताकर्ताले आफ्नो स्वार्थपूर्तिका लागि कसरी दुरुपयोग गर्छन् भन्ने धादिङबेसीमा बनेको एउटा पक्की पुलले प्रस्ट पारेको छ।

पुल बनेको ठाउँमा कुनै बाटो छैन । उपभोक्ता समितिका अध्यक्षको भर्खर रोपाइँ गरिएको खेतमात्रै पुगिन्छ यो पुलबाट ।

नीलकण्ठ नगरपालिका वडा ३ र ४ जोड्ने दुई दशकअघि बनेको एउटा कच्ची सडक रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

सदरमुकामनजिकै भएर बग्ने अरुणखोला हुँदै पुरानो सदरमुकाम सुनौलाबजार जाने बाटोमा पक्की पुल नहुँदा बर्खाको समयमा स्थानीयलाई आवतजावतमा समस्या पर्दै आएको थियो।

बर्खामा भेल आउँदा पारिको गाडी पारि नै रहने अवस्थामा धेरै वर्ष बितेपछि पुल बन्ने खबरले स्थानीय खुसी भए।

जिविसले पुल बनाइदिने सुनेर अरुणपारिका करिब डेढ सय घरधुरी, सडकले छुने अन्य स्थानीय र यातायात व्यवसायी पनि दंग परे।

तर एमाओवादीका जिल्लास्तरीय कार्यकर्ताहरू चक्रबहादुर भण्डारी अध्यक्ष र ओमप्रकाश पाण्डे सचिव रहेको ‘अरुण खोला पुल निर्माण उपभोक्ता समितिु गठन भई रकमसमेत निकासा लिएको कुनै स्थानीयले सुइँको पाएनन्।

उपभोक्ता समितिका अध्यक्ष भण्डारीले चलिरहेको सडकभन्दा तीन सय मिटर तल आफ्नो खेतमा पुग्ने कान्लामा पुलको जग खनेर योजना निर्माण सुरु गरेपछि कसैले त्यसको विरोध गर्ने आँट गरेनन्। निजी लगानीमा पुल बनाउन लागिएको भनेर झुक्याइएको एक स्थानीयले बताए।