३० आश्विन २०८३, शुक्रबार

विदेशी नागरिकको उद्धारका लागि सम्पर्क गर्न सेनाको अनुरोध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ भदौ । नेपाली सेनाले नेपालमा विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकलाई उद्धार तथा आवश्यक सहयोगका लागि नजिकको सुरक्षाकर्मी वा सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ’विभिन्न उद्देश्यले नेपाल आएका तर हालको अवस्थाका कारण अलपत्र अवस्थामा परेका विदेशी नागरिकहरूले नजिकै तैनाथ सुरक्षाकर्मी वा निकायसँग सम्पर्क गरी सहयोग लिन सक्नेछन् ।’

त्यस्तै, सेनाले सम्बन्धित होटल, पर्यटन व्यवसायी तथा अन्य संघ–संस्थालाई पनि ती विदेशी नागरिकहरूको उद्धार र सहयोगका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको छ ।