३० आश्विन २०८३, शुक्रबार

काभ्रेबाट काठमाडौं उपत्यका छिर्ने नाकामा कडाइ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ भदौ । पूर्वबाट काठमाडौं उपत्यका छिर्ने नाकाहरुमा कडाइ गरिएको छ । काभ्रेबाट उपत्यका प्रवेश गर्ने पूर्वी नाका बनेपाको साँगा, नाला तथा नगरकोट नाकामा कडाइ गरिएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।

उनका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा कफ्र्यू आदेश जारी भएपछि व्‍यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाइएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म २०० मिटर वरपर, च्यामासिंह, ताथली हुँदै नालासम्म काभ्रेजिल्लाको सीमानासम्म, तथा सल्लाघारी नगरकोट सडक,कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म कफ्र्यु लगाएपछि मानिस तथा सवारीसाधन उपत्यका प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।