३० आश्विन २०८३, शुक्रबार

प्रचण्ड निवास जाने सडकमा स्थानीयले भत्काए प्रहरी बिट

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास जाने सडकमा स्थानीय प्रदर्शनकारीले प्रहरी बिट भत्काएका छन् ।

आज बिहान खुमलटारस्थित प्रचण्ड निवास छिर्ने चोकमा स्थानीयले सडकमा प्रहरी बिट भत्काएका हुन् । जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा सोमबार १९ जनाको ज्यान गएपछि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् ।

युवाहरूले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् । काठमाडौंको कलंकी, बानेश्वर लगायत स्थानमा प्रदर्शन भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरले कफ्र्यू आदेश समेत भएको छ ।