३० आश्विन २०८३, शुक्रबार

पक्राउ पर्न थाले प्रदर्शनमा उत्रिएका युवा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ भदौ । कफ्र्यु अवज्ञा गर्दै काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफन्तहरुले सरकारको विरोध गर्दै नयाँबानेश्वर चोकमा प्रदर्शन गरिरहेका छन् । तीमध्ये केही पक्राउ परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र कफ्र्यु लगाएको छ । नयाँबानेश्वरको संसद भवन अगाडि र वरपरको क्षेत्रमा नेपाली सेनासहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । उनीहरु सडक बन्द गराउने ब्यारिकेड लगाएर बसेका छन् ।।