३० आश्विन २०८३, शुक्रबार

खाद्यान्नको मूल्य बढ्यो, कति प्रतिशतले बढ्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chamalकाठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले विहीबार आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले यसवर्ष पूँजीगत आधार सुदृढ गर्ने वित्तीय क्षेत्रको विकास तथा विस्तार गर्ने नीति लिएको बताउनुभयो ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि महगीसँगै खाद्यान्नको मूल्य बढेको उहाँले बताउनुभयो । मुद्रास्फीति ७ दशमलव ५ प्रतिशतको हाराहारीमा रहेको भन्दै जेठमा महिनामा खाद्यान्नको मूल्यवृद्धि ९ दशमलव ५ प्रतिशतले बढेको गभर्नर नेपालले जानकारी दिनुभयो ।

उनका अनुसार चामल, दाल, मासु, घ्यू, दुध, दही लगायतका खाद्य सामग्रीको मूल्य बढेको हो । अबको नयाँ नीतिले खाद्यान्नको मूल्य समायोजन तथा कृषि सामग्री उत्पादनमा जोड दिने उहाँको भनाई छ ।