३१ आश्विन २०८३, शनिबार

मन्त्रीको गाडीले ठक्कर प्रकरण : चालक रिहा, मन्त्रीले तिरे उपचार खर्च र २५ हजार क्षतिपूर्ति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । ललितपुरको हरिसिद्धी–गोदावरी सडकमा मन्त्रीको गाडीले ठक्कर दिँदा घाइते भएकी ११ वर्षीया बालिकाको उपचार खर्च र २५ हजार क्षतिपूर्ति दिएपछि मुद्दा आपसी समझदारीमा टुंगिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार चालक चन्द्रनारायण चौधरीले आफैं उपस्थित भएपछि मन्त्री राना अस्पताल पुगेर सम्पूर्ण उपचार खर्च तिर्ने र भविष्यमा पनि जिम्मेवारी लिन तयार रहेको आश्वासन दिएका थिए।

त्यसपछि परिवारसँग मिलापत्र भएपछि शनिबार राति नै चालकलाई प्रहरीबाट रिहा गरिएको प्रहरीले जनाएको छ।

शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका –२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय नजिकको मूल सडकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी नम्बर प्लेट को १ झ ६९९ नम्बरको गाडीले बालिकालाई ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट घाइते भएकी ललितपुर महानगरपालिका २८ डेरा गरी बस्ने ११ वर्षीया बालिकालाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो।उपचारपश्चात उनी डिस्चार्ज भइसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । बालिकाको गाला र घुँडामा चोट लागेको थियो।