३१ आश्विन २०८३, शनिबार

देउवाको पोस्टमा बालेनको कटाक्ष : यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली कि विदेशी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो गतिविधि सार्वजनिक गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले कटाक्ष गरेका छन्।

देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रममा सम्बोधन गरेको तस्बिर पोस्ट गरेका थिए। उक्त पोस्टमा सयौँ कमेन्ट आए, जसमा धेरैजसो नकारात्मक प्रतिक्रिया थिए। त्यसमध्ये मेयर साहको टिप्पणी विशेष ध्यानाकर्षणको विषय बन्यो।

साहले देउवाको कमेन्ट बक्समै लेखेका छन्, “यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी ? सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त।” उनले देउवालाई सरकारकै निर्णय उल्लङ्घन गर्दै प्रतिबन्धित सामाजिक सञ्जाल प्रयोग गरेको संकेत गर्दै व्यंग्य गरेका हुन्।