३१ असार २०८३, बुधबार

दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० भदौ । दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर–६ गोखौराका १८ वर्षीय बसन्त परियार, सोही ठाउँका १८ वर्षकै राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ वर्षीय जीवन विक छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । तुलसीपुरका डीएसपी अनिल ठकुरीकाअनुसार १९ भदौमा तुलसीपुर–६ को महेन्द्र मावि पछाडिको चौरमा खसी कप फुटबल प्रतियोगिता भएको थियो ।

श्री सेन्टर माविका विद्यार्थीले फुटबल खेल्ने क्रममा विनोद विक र वसन्त परियारबीच आपसमा झगडा भएको थियो । खेल सकिएपछि वसन्त परियार समूहका मान्छेले राति साढे १० बजेतिर स्याउलीबजार स्थित बाटोमा अर्को समूहका व्यक्तिलाई खुकुरी प्रहार गरेको आरोप छ ।