४ कार्तिक २०८३, बुधबार

अन्ततः चीनले बनाईदिने भयो भूकम्पपीडित नेपालीको घर, कहाँ-कहाँ बनाइदिँदै छ सित्तैमा घर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinese President Xi Jinping waits to welcome French Prime Minister Manuel Valls at the Great Hall of the People in Beijingकाठमाडौं, ७ साउन । भूकम्पले क्षतिग्रस्त तातोपानी भन्सार, त्यसवरपरका सरकारी भवन र पुल निर्माण चीनको सहयोगमा तत्काल सुरु हुने भएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार हुने सम्झौतालगत्तै चीन सरकारले प्राविधिकहरू पठाएर पुनर्निर्माण अघि बढाउने छ। अहिले चीनले तल्लो खासाभन्दा केहीमाथि (रमिते) देखि कोठेसम्म तत्काल बाटो विस्तार गर्दै पहिरोलगायत समस्या समाधानका लागि अध्ययन गरिरहेको छ।

नेपाल भ्रमणमा रहेका चिनियाँ अधिकारी र अर्थ मन्त्रालयका उच्च अधिकारीबीच बुधबार पुनर्निर्माण तत्काल सुरु गर्नेबारेमा अनौपचारिक छलफल भएको थियो। भूकम्पपछिको पुनर्निर्माण अघि बढाउन र त्यसमा गरिने सहयोगका विभिन्न पक्षमा छलफल गर्न चिनियाँ वाणिज्य उपमन्त्री चाङ सियाङछेन नेतृत्वको टोली मंगलबार काठमाडौं आइपुगेको हो।

तातोपानी भन्सारको मितेरी पुल, ड्राइपोर्ट माथिबाट लगातार पहिरो झरिरहेको छ भने खासातर्फको भन्सार सबै क्षतिग्रस्त भएकाले अहिले यो नाकाबाट मालवाहक ट्रक आवतजावत हुन सकेका छैनन्। त्यसबाट नेपाल–चीन व्यापारमा ठूलो असर परेकाले उक्त कार्य शीघ्र अघि बढाउने तयारी दुवै पक्षको छ। तातोपानी तत्काल सुचारु गराउन चीनले उपमन्त्री चाङ नेतृत्व टोलीलाई पुनर्निर्माणको क्षेत्र पहिचानका लागि नेपाल पठाएको हो। यो पुनर्निर्माण कार्य सुरु गराउन आएको पहिलो विदेशी टोली हो। उक्त टोलीले बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका भूकम्प प्रभावित क्षेत्रको अवलोकनसमेत गरेको थियो।

बुधबारको छलफलमा भूकम्पले क्षतिग्रस्त आफ्ना सहयोगमा बनेका सबैजसो संरचना पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ। चीनले त्यसअलावा रसुवा र सिन्धुपाल्चोकमा पाइलट प्रोजेक्टका रूपमा एकीकृत बस्ती विकास गर्न गाउँ नै बनाइने जनाएको छ। यस्तै, चीन सरकारले कोदारी राजमार्ग पूरै स्तरोन्नतिसमेत गर्ने गरी काम अघि बढाउने विषयमा पनि बुधबार छलफल भएको अर्थका अधिकारीले जानकारी दिए। आजको कान्तिपुर दैनिकमा खबर छ ।