४ कार्तिक २०८३, बुधबार

काठमाडौंमा यसरी पक्राउ परे मृत्युदण्ड पाएका अभियुक्त, अब फाँसीमा झुण्ड्याइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yakub-momonकाठमाडौं, ७ असार । जलाई ३०, २०१५ , बिहान ७ः०० बजे । अर्थात् अबको ठीक ८ दिनपछि उनलाई फाँसीमा झन्ड्याउन भारत, महाराष्ट्र राज्यसरकारले तोकेको मृत्युको डेटलाइन हो यो ।

२२ वर्षअघि भारत, मुम्बईमा भएका शृंखलाबद्द यबम हमलाका योजनाकार मानिएका याकुब मेमनलाई अदालतले सन् २००७ मै मृत्युदण्ड सुनायो । घटनाको एक वर्षपछि पाकिस्तानबाट काठमाडौं आएका उनी त्रिभुवन विमानस्थलमा पक्राउ परे पनि भारतीय अधिकारीले उनी मुम्बई रेलवे स्टेसनमै पक्राउ परेको दाबी गरेका थिए ।

याकुबले आफू काठमाडौंबाट पक्राउ परेको बताउँदा पनि कसैले पत्याएनन् । अदालतको मृत्युदण्ड सजायविरुद्द उनी राष्ट्रपति कार्यालय गए , अपिल गरे, तर सुनुवाई भएन । त्यसपछि सर्वोच्च । आफू आत्मसमर्पणकै लागि काठमाडौं हुँदै भारत आउन लागेको र काठमाडौंमै पक्राउ परेको दाबी गर्दै याकुवले मृत्युदण्ड सजाय खारेज गरेर जन्मकैद सुनाउन मा गरे पनि सर्वोच्चले उनको निवेदन नै खारेज गरिदियो, आजको नागरिक दैनिकमा खबर छ ।