काठमाडौं, ७ साउन । दुई वर्षदेखि काका पर्ने तनहुँ, दमैलीका ४२ वर्षीय डम्बरबहादुर अधिकारीबाट बतलात्कृत हुँदै आएकी चितवनकी १८ वर्षीया सबिना गौतम (परिवर्तन) ले ठूलोआँट गरेर ललिपुर प्रहरीमा उजुरी दिइन् ।
कतारका कार्यरत डम्बर असार ३१ गते नेपाल फर्कदै थिए, असार २४ गते उजुरी दर्ता भयो महानगरीय प्रहरी परिसर, ललिपुरमा ।
अरुबेलाझैँ उनले त्यस दिन पनि भतिजीबाट यौनप्यास मेट्ने योजना बनाएका थिए । सविनाले सबै कुरा प्रहरीलाई जानकारी दिईन् ।
असार ३१ गते राति १० बजे डम्बरलेसबिनालाई आफन्तको घरबाट ललितपुर, मानभवनस्थित एक होटलमा पुराए । र राति १ बजे डम्बर सबिनामाथि उही कर्तुत दोहोराउँदै थिए, प्रहरी पुगे र रंगेहात पक्राउ परे ।















प्रतिक्रिया