काठमाडौं, ७ साउन । अतिक्रमण गरी त्रिवेणी क्षेत्रमा गजेन्द्रमोक्ष दीव्यधामलगायत आश्रम र मन्दिर बनाएका स्वामी कमलनयनाचार्यका सहायक कृष्णप्रपन्नाचार्यलाई चितवन निकुञ्ज कार्यालयले ‘तारेख’मा छाडेको छ ।
कृष्णबारे अनुसन्धान गर्ने जिम्मा पाएका ऋषिराम ढकालले बुधवार कृष्ण प्रपन्नाचार्यलाई तारेखमा छाडेका हुन् । ‘
बिरामी भएकाले उपचारका लागि १५ गते हाजिर हुने गरी तारेखमा छाडें’ ढकालले चितवनबाट भने, ‘१५ गते नै उनीमाथि मुद्दा दायर हुन्छ ।’
निकुञ्जले कृष्णमाथि निकुञ्ज अतिक्रमण, वन कटानी, फँडानी र अवैध भौतिक संरचना निर्माणसम्वन्धि अभियोगमा अनुसन्धान सुरु गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
कृष्णप्रपन्नाचार्य आफूलाई मुक्तिनाथ पीठाधिश्वर बताउने कमलनयनाचार्यका ‘उत्तराधिकारी’ हुन् ।















प्रतिक्रिया